२७ जेठ २०८३, बुधबार

अस्पताल पुनः सूचीकरण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

साउन २९, २०७८
अस्पताल पुनः सूचीकरण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सरकारले कोभिड–१९ संक्रमणको दोस्रो लहरमा एक्कासी बढेको संक्रमितको संख्याले तेस्रो लहरको सम्भावनालाई नकार्न नसकिने परिस्थितिको आकलन गर्दै पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपत् व्यवस्थापन इकाइ तथा स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको अनुरोध अनुसार गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले सूचीकरणसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूमा प्रत्यायोजन गर्नाका साथै केन्द्र तथा अन्य निकायसँग समन्वय र सहकार्य गर्न निर्देशन पनि दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्