११ साउन २०८३, सोमबार
राजनीति

महाधिवेशन सार्ने नसार्नेबारे कांग्रेस अनिर्णित, सदस्यले सोधे – कसैले अदालतमा मुद्दा हालिदियो भने पार्टीको भविष्य के हुन्छ ?

महाधिवेशन सार्ने नसार्नेबारे कांग्रेस अनिर्णित, सदस्यले सोधे – कसैले अदालतमा मुद्दा हालिदियो भने पार्टीको भविष्य के हुन्छ ?

भदौ १६ देखि १९ गतेसम्मका लागि तोकिएको १४ औं महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित जस्तै भएपछि नयाँ कार्यतालिकाबारे कांग्रेस अझै अनिर्णित बनेको छ । महाधिवेशनका लागि तोकिएको समय आउन १९ दिन बाँकी रहदा कांग्रेसले औपचारिक रुपमा महाधिवेशनको मिति सरेको घोषणा गर्न सकेको छैन ।

संस्थापन पक्षले दशैं पछि र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दशैं अगावै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका बनाउन प्रस्ताव गरेका छन् । संस्थापन पक्षले मंसिरमा महाधिवेशन गर्न उपयुक्त हुने धारणा राखेपनि यसबारे सहमति भएको छैन ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले केही समय तलमाथि भएपनि कांग्रेसको वैधानिकतामा प्रश्न उठ्न नदिने बताएका छन् । बिहीवार देखि काठमाडौंमा शुरु भएको बैठकमा देउवाले सबैको सुझाव अनुसार अगाडि बढ्ने बताएका छन् ।

शुक्रवारको बैठकमा पूर्वमहामन्त्री कृष्ण सिटौलाले भोलिसम्ममा महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । फेरि नसर्नेगरी कार्यतालिका बनाएर जाऔं,जसरी हुन्छ महाधिवेशन गरौं सिटौलाको भनाइ उदृद्ध गर्दै एक केन्द्रीय सदस्यले भने ।

केन्द्रीय सदस्य डा शेखर कोइरालाले छिटो भन्दा छिटो क्रियाशील सदस्यता बिवाद टुंगाएर महाधिवेशनमा जानुपर्ने बताए । अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरूबाट विषेश महाधिवेशन अथवा यहि कार्यसमितिलाई डेढ दुई बर्ष समय थप्ने कुरा सुनिँदैछ । कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन । पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विषेश महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य हुँदैन । क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन । पटक( पटक हामीले कार्यतालिका बनायौं तर क्रियाशीलको विवादले कार्यतालिका प्रभावित भयो,यो पटक त्यस्तो नहोस्। छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ/दुई महिना भित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ कोइरालाले केन्द्रीय समिति बैठकमा भनेक थिए ।

यस्तै पूर्व महामन्त्री प्रकाशमान सिंहले महाधिवेशन नगर्दा पार्टीको वैधानिकतामै प्रश्न उठ्न सक्नेतर्फ ध्यानाकर्षण गराएका थिए । पटक पटक म्याद थप्यौ,थप गर्दापनि अधिवेशन हुन नसक्नु दुःखद कुरा हो । दुईतिहाइको बहुमत हुँदा पनि केपी शर्मा ओली जसरी बालुवाटार छाडेर बालकोट जानु पर्यो,त्यसैगरी कांग्रेसको वैधतामा प्रश्न नउठोस् नेता सिंहले केन्द्रीय समिति बैठकमा भनेका थिए, ‘कसैले अदालतमा मुद्दा हाल्यो भने के गर्ने ?पाँच दश दिन तलमाथि भएर केही फरक पर्दैन महाधिवेशन समयमै गरौं ।

केन्द्रीय सदस्य डा रामशरण महतले मिल्न बाँकी क्रियाशील सदस्यताको टुंगो लगाएर तत्काल महाधिवेशन गर्नुपर्ने बताएका थिए । अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले प्रक्रिया छुट्टाएर भएपनि छिट्टै महाधिवेशन गर्न माग गरेका थिए ।

शनिवार बिहान ११ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबारको बैठकमा बोल्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्