×

NIC ASIA

राजनीति

महाधिवेशन सार्ने नसार्नेबारे कांग्रेस अनिर्णित, सदस्यले सोधे – कसैले अदालतमा मुद्दा हालिदियो भने पार्टीको भविष्य के हुन्छ ?

साउन २९, २०७८

Prabhu Bank
NTC
Premier Steels

भदौ १६ देखि १९ गतेसम्मका लागि तोकिएको १४ औं महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित जस्तै भएपछि नयाँ कार्यतालिकाबारे कांग्रेस अझै अनिर्णित बनेको छ । महाधिवेशनका लागि तोकिएको समय आउन १९ दिन बाँकी रहदा कांग्रेसले औपचारिक रुपमा महाधिवेशनको मिति सरेको घोषणा गर्न सकेको छैन ।

Muktinath Bank

संस्थापन पक्षले दशैं पछि र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दशैं अगावै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका बनाउन प्रस्ताव गरेका छन् । संस्थापन पक्षले मंसिरमा महाधिवेशन गर्न उपयुक्त हुने धारणा राखेपनि यसबारे सहमति भएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले केही समय तलमाथि भएपनि कांग्रेसको वैधानिकतामा प्रश्न उठ्न नदिने बताएका छन् । बिहीवार देखि काठमाडौंमा शुरु भएको बैठकमा देउवाले सबैको सुझाव अनुसार अगाडि बढ्ने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

शुक्रवारको बैठकमा पूर्वमहामन्त्री कृष्ण सिटौलाले भोलिसम्ममा महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । फेरि नसर्नेगरी कार्यतालिका बनाएर जाऔं,जसरी हुन्छ महाधिवेशन गरौं सिटौलाको भनाइ उदृद्ध गर्दै एक केन्द्रीय सदस्यले भने ।

Vianet communication

केन्द्रीय सदस्य डा शेखर कोइरालाले छिटो भन्दा छिटो क्रियाशील सदस्यता बिवाद टुंगाएर महाधिवेशनमा जानुपर्ने बताए । अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरूबाट विषेश महाधिवेशन अथवा यहि कार्यसमितिलाई डेढ दुई बर्ष समय थप्ने कुरा सुनिँदैछ । कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन । पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विषेश महाधिवेशन र म्याद थप्ने कुरा कदापी मान्य हुँदैन । क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन । पटक( पटक हामीले कार्यतालिका बनायौं तर क्रियाशीलको विवादले कार्यतालिका प्रभावित भयो,यो पटक त्यस्तो नहोस्। छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ/दुई महिना भित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ कोइरालाले केन्द्रीय समिति बैठकमा भनेक थिए ।

यस्तै पूर्व महामन्त्री प्रकाशमान सिंहले महाधिवेशन नगर्दा पार्टीको वैधानिकतामै प्रश्न उठ्न सक्नेतर्फ ध्यानाकर्षण गराएका थिए । पटक पटक म्याद थप्यौ,थप गर्दापनि अधिवेशन हुन नसक्नु दुःखद कुरा हो । दुईतिहाइको बहुमत हुँदा पनि केपी शर्मा ओली जसरी बालुवाटार छाडेर बालकोट जानु पर्यो,त्यसैगरी कांग्रेसको वैधतामा प्रश्न नउठोस् नेता सिंहले केन्द्रीय समिति बैठकमा भनेका थिए, ‘कसैले अदालतमा मुद्दा हाल्यो भने के गर्ने ?पाँच दश दिन तलमाथि भएर केही फरक पर्दैन महाधिवेशन समयमै गरौं ।

केन्द्रीय सदस्य डा रामशरण महतले मिल्न बाँकी क्रियाशील सदस्यताको टुंगो लगाएर तत्काल महाधिवेशन गर्नुपर्ने बताएका थिए । अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले प्रक्रिया छुट्टाएर भएपनि छिट्टै महाधिवेशन गर्न माग गरेका थिए ।

शनिवार बिहान ११ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबारको बैठकमा बोल्ने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x