
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेबाट हुने भएको छ । कांग्रेसको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका टुंगो लगाएको हो ।
यस्तो छ प्रस्तावित कार्यतालिका
भदौ १८: वडा अधिवेशन
भदौ २७ गते : गाउँ, नगरपालिका अधिवेशन
असोज १ : प्रदेश सभा क्षेत्रका क्षेत्रीय अधिवेशन
असोज ५ : संघीय निर्वाचन क्षेत्रीय अधिवेशन
असोज १० : जिल्ला अधिवेशन
कात्तिक १०-१२ : प्रदेश अधिवेशन
मंसिर ९-१३ : केन्द्रीय महाधिवेशन