२९ असार २०८३, सोमबार

आज भारत स्वतन्त्र भएको दिन, ७५औं स्वतन्त्रता दिवस मनाइँदै

साउन ३१, २०७८
आज भारत स्वतन्त्र भएको दिन, ७५औं स्वतन्त्रता दिवस मनाइँदै

अंग्रेजको शासनबाट भारत आज स्वतन्त्र भएको दिन, भारतभर ७५औं स्वतन्त्रता दिवस मनाइँदैछ ।

भारत सरकारले आजको दिनलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’का रूपमा मनाउने निर्णय गरेको छ ।

स्वतन्त्रता दिवसको अवसरमा आज देशभर खुशीयाली र महोत्सव हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विभिन्न ठाउँमा मन्त्रालय, राज्य सरकार, सैन्य बल, प्रशासनिक निकाय र जनस्तरमा स्वतन्त्रता दिवसको कार्यक्रम हुने भएका छन् ।

स्वतन्त्रता दिवसको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । आइतवार बिहान प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित लालकिल्लामा झण्डा फहराउँदै देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

७५औं स्वतन्त्रता दिवस मनाउन प्रधानमन्त्री मोदीले मार्च २०२१ मा गुजरातको अहमदाबादस्थित साबरमती आश्रमबाट ‘स्वतन्त्रताको अमृत महोत्सव’ शुरू गरेका थिए । महोत्सव १५ अगस्त २०२३ सम्म चल्ने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्