
महन्थ पक्षका नेता उमाशंकर अरगरियाले नयाँ पार्टी जनता समाजवादी पार्टी (लोकतान्त्रिक) ठूलो पार्टी बन्ने बताएका छन् ।
निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गर्न पुगेका अरगरियाले आफूहरू जनाधार ठूलो भएको बताएका हुन् ।
उनले उपेन्द्र यादव नेतृत्वको जसपामा निरंकुशता लादिएको आरोप लगाए । ‘कसैलाई सांसद, मन्त्री बनाइदिन्छु भनेर लोभ देखाइएको छ, कसैलाई कारवाही गर्ने भनेर धम्क्याउने पनि गरिएको छ,’ उनले समूहिकतामा पार्टी चल्छ, कार्यकर्तालाई डर देखाएर होइन ।’