१७ असार २०८३, बुधबार

इसेवा मनि ट्रान्स्फरले डिजिटल साक्षरताका लागि  ईश्वर मन्दिर विद्यालयलाई गर्यो सहयोग हस्तान्तरण

इसेवा मनि ट्रान्स्फरले डिजिटल साक्षरताका लागि  ईश्वर मन्दिर विद्यालयलाई गर्यो सहयोग हस्तान्तरण

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तर दायित्वको कार्यक्रम अन्तरगत  भोजपुरको इश्वर मन्दिर विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट गु्रपका गु्रप प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड सेक्यूरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलइडि टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरे ।

स्थापनाको छोटो समयमै तिब्र गतिमा बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्च्वका कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । हेल्थ सेफ्टीले विद्यालयहरूलाई ई–लर्निङ सेन्टरका रूपमा स्थापित गर्न विभिन्न सहयोग गर्दै आइरहेको छ । 

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफर आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्