२८ जेठ २०८३, बिहीबार

कैद र लाखौं जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

भदौ २, २०७८
कैद र लाखौं जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ
प्रतिकात्मक तस्वीर

अदालतबाट कैद सजाय र लाखौं जरिवाना तोकिएका फरार २ व्यक्तिलाई प्रहरीले बुधवार काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका–३ बस्ने ४० वर्षीय समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौंको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेका छन् । 

प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार काठमाडौंको चौमतीबाट पक्राउ परेका केसीलाई अदालतले १५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना तथा बसपार्कबाट पक्राउ परेका श्रेष्ठलाई ६ दिन कैद र १० लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । उनीहरूले आफ्नो खातामा पर्याप्त रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । 

त्यसपछि फरार रहेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरी बुधवारै फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्