१३ असार २०८३, शनिबार

डोरमणिले राखे मन्त्रिपरिषद्को आकस्मिक बैठक

डोरमणिले राखे मन्त्रिपरिषद्को आकस्मिक बैठक

 बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेका छन् ।
साँझ बसेको सो बैठकमा मुख्यमन्त्रीले आफूले राजीनामा दिन लागेको जानकारी गराएका छन् । पार्टीभित्रको संकटका कारण आफूले राजीनामा दिन लागेको बताउँदै अब मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने जानकारी गराएका थिए ।
 बैठकलगत्तै प्रदेश प्रमुख कार्यालयमा गएर आफू राजीनामा दिने उनले बैठकलाई बताएका थिए ।

यसअघि एमाले संसदीय दलको बैठकमा शाक्यलाई संसदीय दलको नेता चयन गरिएको थियो । मुख्यमन्त्रीले राजीनामा दिने भएपछि प्रदेश प्रमुखको सचिवालय रातिसम्म कार्यालयमै रहेको छ भने प्रदेशबाहिर रहेका प्रदेश प्रमुख पनि हेटौँडा फर्किसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्