२८ जेठ २०८३, बिहीबार

'प्रचण्डका कारण एमाले विभाजन'

भदौ ३, २०७८
'प्रचण्डका कारण एमाले विभाजन'

एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाएको आरोप लगाएका छन् । लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले तत्कालीन नेकपाभित्रको राजनीतिक संकट निम्त्याउने पात्र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड नै भएको आरोपसमेत लगाएका छन् ।

‘नेकपादेखि अहिलेको राजनीतिक घटनाको पृष्ठभूमि प्रचण्ड र उनलाई साथ दिनेहरू हुन्,’ उनले भने, ‘प्रचण्डको अस्थिर चरित्र नै राजनीतिक रूपमा विभाजनको मूल कारक हो । आन्दोलनकारी, अभियान्ताजस्तो देखिनुभयो प्रचण्डजी, त्यसैले माओवादी आन्दोलनका पुराना नेताहरू पाखा लाग्नुभएको रहेछ ।’ नेकपा एकतामा समेत प्रचण्ड इमान्दार नदेखिएको बताउँदै उनले ओलीलाई ‘एकताविरोधी’ बनाउन खोजिएको उल्लेख गरे ।

अध्यादेश ल्याएर एमाले विभाजन गराउने खेलमा समेत प्रचण्ड लागेको नेता पोखरेलको आरोप छ । पोखरेलले माधव नेपालकै कारण पार्टी फुटेको ठोकुवासमेत गरेका छन् । नेपालले एमालेलाई १५ वर्षसम्म ‘एकल नेतृत्व गरेको’ बताउँदै उनले ‘त्यस्तो नेताले अध्यक्ष हुन खोजेपछि नै समस्या सिर्जना भएको’ आरोप लगाए ।

प्रचण्डसँग मिलेर नेपालले ओलीलाई राजनीतिक रूपमा विस्थापन गर्न खोज्नु नै कम्युनिस्ट आन्दोलनको दुर्भाग्य भएको टिप्पणी उनको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्