
तालिबानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेपछि देश छोडेर भाग्न आतुर मानिसहरू काबुल विमानस्थलमा भेला भएका छन् ।
आइतवारदेखि अहिलेसम्म विमानस्थल क्षेत्रमा १२ जनाको मृत्यु भइसकेको छ ।
भागदौडमा परी वा गोली लागी ती मानिसहरू मरेका हुन् । एक तालिबान अधिकारीले विदेश यात्रा गर्नका लागि उचित कागजात नभएका सबैलाई विमानस्थलबाट घर जान भनेका छन् ।
‘हामी विमानस्थलमा कसैलाई पनि चोट पुर्याउन चाहँदैनौं,’ नाम खुलाउन नचाहने ती तालिबान अधिकारीले बताए ।
उनले यसो भने पनि मानिसहरू अझै पनि काबुल विमानस्थलमा भीडभाड गरेर बसेका छन् ।