×

NMB BANK
NIC ASIA

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो ।

Sagarmatha Cement
Muktinath Bank

सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यासे’ देखिने हैन भन्दै लेक चरेर आएको भैंसीको घ्यूमा कुखुराको अण्डा फ्राई गरेर हजुरआमाले दिएको हिजो जस्तै लाग्छ । आज उहाँ ब्रह्मलिन हुनुभएको पनि ६ वर्ष भइसकेछ । ‘आई मिस यू’ हजुर आमा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी सानो छँदादेखि नै मोटोघाटो नै राम्रो देखिने रहेछ भन्ने छाप परिरह्यो । म त्यति धेरै हेर्नै नसकिने खालको अस्वाभाविक मोटो त कहिल्यै थिइनँ तर खाने कुराहरू मिलाएर खानुपर्छ भन्ने कहिल्यै लागेन । जे खान्छ, मजाले पचाउँछ भने जस्तै खानेकुरा देख्यो कि मुखमा हाल्ने आदत नै बस्यो ।


Advertisment
Nabil box
Kumari

उमेर र उचाइ अनुसार खानपानको ख्याल गर्नुपर्छ भन्ने कहिल्यै लागेन । मोटोघाटो नै राम्रो देखिन्छु भन्ने भ्रममा रमाइरहे ।

Vianet communication
Laxmi Bank

पछिल्लो समय आफूलाई मन परेका कपडाहरू ‘लार्ज’ त्यो पनि एक्स्ट्रा लार्ज कमिजहरू किन्नुपरेको थियो । सोल्टिनीहरूले आँखा लगाउन छाडिसकेका थिए । शरीरमा स्फूर्ति र जुझारुपनमा कमी देखिएको थियो । ३–४ किलोमिटर हिँड्दा पनि शरीर थाक्ने जस्तो भएको थियो । 

शरीरकै कारण स्वीमिङ पुलमा रमाउन सकिरहेको थिइनँ । समुन्द्रमा नाङ्गै हिँड्न पनि असहज स्थिति बनेको थियो । समग्रमा भन्नुपर्दा मोटो शरीरको कारण मिठो–मिठो मुखले त खाएको थियो तर भौतिक सुखका अन्य पाटोहरू मदेखि बिस्तारै टाढा हुँदै थिए ।

भाइसाथीहरूसँग भेट हुँदा ‘के खाएर हो यतिधेरै मोटाएको’ भन्ने जस्ता शब्द सुन्न थालिसकेको थिएँ, जसले मलाई मनमा पीर पारेको थियो । २ वर्ष अघिदेखि नै शरीरको तौल घटाउने प्रयास नगरेको पनि होइन तर किन–किन, प्रयासहरू असफल भइरहेका थिए । ३–४ किलोग्राम घट्छ, फेरि ५ किलो बढ्छ । यस्तै गडबड भइरहेको थियो । १ महिना डाइटमा बस्ने, फेरि खाने भइरहेको थियो ।

शारीरिक व्यायाममा पनि कुनै नियमितता थिएन । जाँगर चल्दा मात्रै दौडिने, उफ्रिने काम भइरहेको थियो । शरीरको तौल बढ्नुमा यस्तो आदत नै झन् सबैभन्दा खतरनाक हुने रहेछ । 

यो गर्दा पनि पनि हुँदैन, त्यो गर्दा पनि हुँदैन । मेरो शरीरको तौल ९५ किलोग्राम पुगिसकेको थियो । मेरो उमेर र उचाइ अनुसार हुनुपर्ने त ६५–७० किलोग्रामसम्म थियो । यसरी हेर्दा २५–३० किलोग्राम तौल मेरो शरीरका लागि बढी भइरहेको थियो । शरीरको पूर्ण परीक्षण गर्दा स्वास्थ्य समस्या केही नदेखिए पनि डाक्टरले तौल घटाउनुपर्ने सल्लाह दिइरहेका थिए । १ जना डाक्टरले त धेरै सेक्स गर्‍यो भने तौल घट्छसम्म भनेका थिए ।

के गरौं, कसो गरौं ? म बडो तनावमा थिएँ । मैले धेरै मोटिभेसनल कुराहरू यूट्युबमा हेरें, गूगलमा सर्च गरें । डाइटिसियनसँग पनि कुरा गरें । सम्भव भएको जति अध्ययन गरें । त्यसबाट पत्ता लाग्यो – शरीरको तौल घटाउने काम दिमागको हो, सबैभन्दा ठूलो कुरा हो दिमाग बलियो हुनु, दिमागमा आत्मविश्वास हुनु । यति तौल घटाएरै छाड्छु भनेर प्राण गर्नु । निश्चित टार्गेट राखेर त्यसतर्फ लम्किनु ।

अर्को हो – त्यसको सफलताका लागि अनुशासित हुनु अर्थात् नियमको पालना गर्नु ।
 
मेरो खानपिनको आनीबानी यस्तो थियो कि घरमा पकाएको जति मिठो चौरासी व्यञ्जन भए पनि खानै मन नपर्ने, सधैं बाहिर खानुपर्ने । भाइसाथी बटुलेर सधैं बाहिर होटलतिर, रेस्टुरेन्टतिर खानुपर्ने । घरको त मिठो नै नहुने । म धेरै पटक घरको पाकेको खाना छाडेर होटलतिर खान गएको छु । अहिले सम्झिँदा हाँसो लाग्छ ।

पहिलाको खानाचिसो पेय पदार्थ जस्तो कि कोक एकदमै पिउनुपर्ने । चकलेट धेरै मन पर्ने, मासु पनि पूरै तोरीको तेलमा डुबाएर तारेको खानुपर्ने । आलु त कति मिठो हुने भनिसाध्य छैन । 

मैलै सबैभन्दा पहिला जे–जे कुरा नियमित रूपमा खाने गरेको थिएँ, त्यो सबै बन्द गरिदिए । मैले ‘फूड प्लान’ बनाएँ । १ हप्ताभित्र यो–यो खाने, त्यो पनि यति मात्रामा मात्रै खाने भनेर क्यालोरी गणना गर्न लागे । मेरा बाबै नि ! ४ दिनको लागि पुग्ने खाना पहिला त एकैदिन खाने रहेछु । त्यति धेरै खाना शरीरको लागि आवश्यक नै थिएन रहेछ । मैलै विगतमा दैनिक ४ हजारसम्म क्यालोरी खाएको रहेछु । त्यसलाई मैलै केही गरिनँ, त्यही क्यालोरी झारेर ७०० बनाएँ । 

तपाईंहरू आफैं विचार गर्नुहोस्, ४ हजार क्यालोरीलाई घटाएर दैनिक ७०० बनाउँदा शरीरलाई कति सजिलो होला ? कति हलुंगो होला ? वास्तवमा हामीले मुखको मिठोको लागि शरीरलाई दुःख दिने गरेका रहेछौं । मैलै चिल्लो, पिरो, अमिलो, गुलियो, बाहिर बजारको खाना, होटल, रेस्टुरेन्टको खाना सबै बन्द गरिदिएँ । कहिलेकाहीँ झोक चल्दा महिनामा १ पटक जस्तो बाहिर रेस्टुरेन्ट गएर टन्न खाने गर्छु । सानो छँदा दशैंमा मिठो खाने कुरा खान पाएकोजस्तो लाग्छ त्यो दिन । 

बिहान उठेर खाली पेटमा ग्रिन टी पिउँछु, अलिकति अदुवा र कागती मिसाएर । त्यसपछि केही टुक्रा स्याउ खान्छु र दिउँसो १२ बजे खाना । खानामा जे पनि खाने तर तेल नहालेको, पानीमा उमालेको मात्र । त्यो मासु होस् कि अण्डा होस् कि सागपात, गेडागुडी जेसुकै होस्, तेल पटक्कै नहाल्ने । यसरी धेरै सागपात गेडागुडी, थोरै भात, रोटी यस्तै कार्बोहाइड्रेड खाने तर एकदमै थोरै । जस्तो कि रोटी हो भने ३ वटा जति, भात हो भने सय ग्राम जति । आखिर खाली पेट भर्ने कुरा हो । आधी किलो बन्दा गोभीले पनि पेट त भरिने रहेछ । 

दिउँसो १२ बजे खाना खाएपछि ६–७ बजेतिर भोक लाग्छ तर यो बीचमा पानीबाहेक केही पिउने गरिनँ । भोक लागेको अनुभव भएमा पानी पिउने गरें र ८ बजेतिर फेरि ग्रिन टी पिउने गरें, ९ बजेतिर त एकदमै भोक लाग्छ । शुरूशुरूमा यो सहन गारो हुन्छ । मर्छु कि क्या हो जस्तै हुन्छ । भोकका कारण निद्रा पनि लाग्दैन । ध्यान खानातिर नै गएको हुन्छ । पेट कराउन थाल्छ । त्यस्तो अवस्थामा वास्तवमा नै शरीरमा तौल घट्ने प्रक्रिया शुरू हुने रहेछ । शरीरमा सञ्चित भएको फ्याट काटिने रहेछ ।

खाना यस्तो बेला खानु हुँदैन तर फलफुल जस्तो कि सुन्तला, स्याउ, अंगुर, सलाद खाएर भोक मेटाउन सकिन्छ । भोक मेटाउन मासु भात टन्न खानु हुँदैन । चाउचाउ, मःम, चाउमिन, चटपटे, कुरकुरे, चकटेल, कोक फेन्टा त झन् खानै हुँदैन । जुस खान मन लागे, घरमै बनाएर खान सकिन्छ चिनी नहालेर फ्रेस जुस ।

खासगरी भोक लागेको बेला जे पाये त्यही खाँदा शरीरको तौल बढ्ने रहेछ । यस्तो बेलामा फलफूल, सलादबाहेक केही खानु हुँदैन । 

यसरी हेर्दा मैलै दिनमा १ छाक मात्रै खाए भन्दा पनि हुन्छ । विगतमा साँझ सुत्नुअघि पनि भात नै खाएर सुतिन्थ्यो । मःम, चाउमिन, रोटी, सेकुवा, आलु यस्तै–यस्तै । भात नै नखाए पनि पेटभरि केही न केही त हुन्थ्यो । राति धेरै खाएर सुत्यो भने त्यसले तौल बढ्न महत्त्वपूर्ण सहयोग गर्ने रहेछ । यसैले राति सकभर खानु हुँदैन र राति धेरै अनिदो बस्नु पनि हुँदैन । १ दिनमा ७ घण्टा जसरी पनि निदाउनुपर्छ । 

२ वर्षअघि

तौल घटाउने भनेर कतिपय मानिस बिहान पूरै नसुतेर उठेर डौडिएको देख्छु । त्यो सबैभन्दा खतरनाक हो । धेरै डौडिनु पर्दैन । दिउँसो घाम लागेको बेला पनि यसो २०–२५ मिनेट यताउति हिँडे पुग्छ । स्याँस्याँ फ्याँफ्याँ गर्नु पर्दैन । त्यो सबै नाटक हो । आफ्नो काम आफैं गर्ने बानीको विकास गरे कसरत केही गर्नु पर्दैन । कपडाहरू मशिनमा हालेर नधुने, सकभर आफैंले हातले धुने, किनमेलको लागि सवारीसाधन प्रयोग नगर्ने, आफैं हिँडेर जाने । १ घण्टा हिँडेर हुने काम गाडी नचढेर हिँडेर गर्ने । 

मैले खासै कसरत केही गर्दिनँ । अलिअलि सेटअप, पुसअप हो तर मुख्य आफ्नो काम आफैं गर्‍यो भने कसरत आवश्यक छैन । एक्टिभ लाइभ रहनेहरूलाई यो कसरत गर्नु नै पर्दैन । खाना कन्ट्रोल गरे मात्रै पुग्छ ।
 
तौल घटाउनका लागि मात्रै जिम जानु पनि आवश्यक छैन । जिम जानु पैसाको खर्च र समयको बर्बादी मात्र हो । तौल घरभित्रै घट्छ तर शरीरको तौल घटाउनुभन्दा पहिले दिमागको तौल घटाउनुपर्छ । त्यो भनेको जिब्रोको स्वादको लागि दिनमा ३–४ पटक मिठो–मिठो खान छाड्नुपर्छ । 

अहिलेमैलै १० महिनामा ३० किलोग्राम तौल घटाएँ । यसरी हेर्दा महिनामा ३ किलोग्रामको दरले घटेको देखियो । स्वस्थ तरिकाले तौल घटाउनु नै राम्रो कुरा हो । अहिले म ७० किलोग्राम पुग्नै लागेको छु । सम्भवतः यति भए पुग्यो तर एउटा चुनौती छ । त्यो भनेको तौल जसरी घट्यो, त्यसरी नै बढ्न सक्छ । फेरि पनि त्यही होटलको खाना चहारेर हिँड्ने कि घरमा नै मिठोमसिनो पकाएर सादा खाने ? त्यो यही दिमागको आत्मविश्वासमा भर पर्छ । त्यसैले तौल घटाउने शरीरले होइन, दिमागले रहेछ ।

आज मैले ‘एक्स्ट्रा लार्ज’बाट मिडियम साइजको टिसर्टमा आफूलाई फर्काएको छु । यो जीवनको सबैभन्दा ठूलो उपलब्धि त होइन तर सानो उपलब्धि पनि होइन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

कात्तिक १९, २०७९

काम, काम, काम ! परिवारलाई त समय नै छैन !! श्रीमतीजीको सदासर्वदा सिकायत  छ  तर ‘नो मनी नो टाइम’ कसरी हुन्छ यस्तो ! कि त खाली बस्नुपर्‍यो, कि त त पैसा आउनुपर्‍यो । हेर्दा सधै...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x