३० जेठ २०८३, शनिबार

६२ केन्द्रीय सदस्य र ३१ सांसद सनाखतका लागि आएका छौं– प्रेम आले

६२ केन्द्रीय सदस्य र ३१ सांसद सनाखतका लागि आएका छौं– प्रेम आले
फाइल फोटो

माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य प्रेम आलेले आफूहरूसँग साविक एमालेका ६२ केन्द्रीय सदस्य र ३१ सांसद रहेको दाबी गरेका छन् । 

सनाखतका लागि बुधवार निर्वाचन आयोग पुगेका सांसद आलेले नयाँ दल दर्ताका लागि आवश्यक केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत पुग्ने दाबी गरेका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरेर एमालेका १५५ सांसद छन् । २० प्रतिशतको लागि ३१ सांसदको आवश्यकता पर्छ । 

संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा मात्र २० प्रतिशत उपस्थित भए पनि माधव नेपालको पार्टीले आधिकारिकता पाउने छ । 

हस्ताक्षर सनाखत भएमा निर्वाचन आयोगले आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी रहेको स्रोतले बतायो ।

चन्द्रागिरी रिसोर्टबाट टुरिस्ट बस चढेर माधव नेपाल पक्षका नेताहरू आयोग पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्