२९ जेठ २०८३, शुक्रबार

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम पनि १२ अर्बमा सिमित, जीवन विकास लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम पनि १२ अर्बमा सिमित, जीवन विकास लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट

मंगलवार भारी अंकले गिरावट आएको शेयर बजारमा बुधवार पनि गिरावट कायमै रहेको छ । 

बुधवार नेप्से परिसूचक ४८.४२ अंकले घट्दै ३०७६.४४ विन्दुमा झरेको छ । 

यस दिन सेन्सेटिभ परिसूचक ९.६७ अंकले घट्दै ५६७.९९ विन्दुमा झरेको छ । 

यस दिन कारोबार रकम पनि १२ अर्बमा सिमित भएको छ ।

बुधवार कुल २ सय २७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार कित्ता शेयर १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ ।

यस दिन सबै समूहहरूको उप सूचक ऋणात्मक छ । 

बजार ऋणात्मक भएपनि जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्