२५ जेठ २०८३, सोमबार

सामाजिक सञ्जालमा अश्लील फोटो प्रचार गर्ने महिला पक्राउ

सामाजिक सञ्जालमा अश्लील फोटो प्रचार गर्ने महिला पक्राउ

अश्लील फोटो सामाजिक सञ्जालमा फैलाएर प्रचार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले सोलुखुम्बु नेचासल्यान गाउँपालिका-१ घर भई कपन बस्ने ३६ वर्षीय इन्दिरा निरौलालाई बुधवार पक्राउ गरी साइबर ब्यूरो भोटाहिटीलाई बुझाएको हो ।  

एक पीडित महिलाको चरित्र हत्या गर्ने उद्देश्यले व्यक्तिगत तस्वीरहरू साथै आपत्तिजनक म्यासेजलाई विभिन्न व्यक्तिको भाइबर, फेसबुक म्यासेन्जरलगायतका सामाजिक सञ्जालमा पठाएको भन्दै प्रहरी कार्यालयमा उजुरी परको थियो । 

नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमिति सदस्यसमेत रहेकी निरौला उजुरी पश्चात फरार थिइन् । प्रहरीको खोजी सूचीमा रहेकी उनलाई ठाउँ बदल्दै भागी हिँड्ने क्रममा प्रहरीले कपनबाट पक्राउ गरेको हो ।

निरौलालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार आजै काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको साइबर ब्यूरो कार्यालयका एसएसपी निवन्द अर्यालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्