२९ असार २०८३, सोमबार

माधव नेपालको पार्टी कार्यालय नयाँ बानेश्वरमा

माधव नेपालको पार्टी कार्यालय नयाँ बानेश्वरमा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको नयाँ बानेश्वरमा रहने भएको छ । बुधवार निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ ।
निर्वाचन आयोगले दिएको प्रमाणपत्रमा सो पार्टीको केन्द्रीय कार्यालय रहने ठेगाना नयाँ बानेश्वर भनिएको छ । यसअघि नेकपा एकीकृत समाजवादी पार्टी गठनको गृहकार्य नयाँ बानेश्वर स्थित अर्याल होटलमा भएको थियो । समाजवादी पार्टीका एक नेताले बानेश्वर आसपासमै केन्द्रीय कार्यालय रहने जानकारी दिए ।

 माधव नेपालको पार्टी निर्वाचन आयोगमा सो पार्टीको दर्ता नम्बर १६६ रहेको छ । माधव नेपालको पार्टीले मान्यता पाएसँगै नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ।

salt training

कमेन्ट गर्नुहोस्