
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् ।
नेकपा एमाले सचिव भीम आचार्यलाई १ नम्बर प्रदेशको मुख्यमन्त्री बनाउन राईले राजीनामा दिएका हुन् ।
यसअघि आचार्य प्रदेशसभामा एमाले पार्टी संसदीय दलको नेता चयन भइसकेका छन् । मुख्यमन्त्री राईले प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाएका छन् ।
बिहीवार बसेको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । उनी आजै मुख्यमन्त्री बन्ने तयारीमा छन् ।
आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय गएका थिए ।
एमाले विभाजन भएसँगै १ नम्बर प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुन लागेका छन् ।
विभाजनअघिको अवस्थामा १ नम्बर प्रदेशमा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा लाग्ने सांसदहरूलाई दल रोज्न २१ दिनको समय छ ।