०२ साउन २०८३, शनिबार

अब सरकारमा सहभागी हुन्छौं– माधव नेपाल

अब सरकारमा सहभागी हुन्छौं– माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । नयाँ सरकार बनाउने गठबन्धनमा आफूहरूको पनि भूमिका रहेकाले सरकारमा सहभागी हुने बताएका हुन् ।

‘सरकारमा सहभागी हुन्छौं, पाँचदलीय गठबन्धनमा भए पनि हिजो भन्न गाह्रो थियो । औपचारिक रूपमा भन्न गाह्रो भएको थियो, अब छैन,’ नेपालले भने । देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका सांसदले हस्ताक्षर गरेका थिए । 

नेता नेपालले पार्टीको नाम समाजवादी राखेपनि कम्युनिस्ट विचारधारा नछाड्ने बताए । ‘नेकपा छाड्दैनौं, नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय छ । कम्युनिस्ट आन्दोलन राष्ट्रियता, जनजीविका र सामाजिक न्यायको आन्दोलन हो,’ नेपालले भने ।  

salt training

कमेन्ट गर्नुहोस्