१३ असार २०८३, शनिबार

ललितपुरको इमाडोलबाट ११ जना जुवाडे पक्राउ

ललितपुरको इमाडोलबाट ११ जना जुवाडे पक्राउ

महानगरीय प्रहरी परिसर ललितपुरले २ लाख ३४ नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोलको एक घरमा जुवा खेलिरहेको अवस्थामा आज दिउँसो ११ जनालाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् ।

‘उनीहरूले जुवामा हार-जीतको पैसा मोबाइलबाट पनि ट्रान्सफर गर्ने गरेको भन्ने खुलेको छ, के कति ट्रान्सफर भएको छ भन्ने अनुसन्धान गरिरहेका छौं,’ एसएसपी बज्राचार्यले लोकान्तरसँग भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्