१२ असार २०८३, शुक्रबार

आईएसआईएसलाई ठेगान लगाउने भन्दै अफगानिस्तानमा अमेरिकाको हवाइ हमला

भदौ १२, २०७८
आईएसआईएसलाई ठेगान लगाउने भन्दै अफगानिस्तानमा अमेरिकाको हवाइ हमला


अमेरिकाले अफगानिस्तानमा आईएसआईएसलाई ठेगान लगाइदिने भन्दै हवाइ (ड्रोन) हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार काबुल एयरपोर्टमा भएको विस्फोटका मास्टरमाइन्ड ड्रोन हमलामा मारिएका छन् । यसको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको छ ।
शुक्रबार काबुल एयरपोर्टमा भएको हमलापछि अमेरिकाले बदला लिने चेतावनी दिएको थियो । काबुल बम विस्फोटको जिम्मेवारी आईएसआईएसको खुरासान समूहले लिएको थियो ।
सो बिस्फोटमा १७० जनाको मृत्यु भइसकेको छ । जसमा १३ अमेरिकी सैनिक समेत रहेका छन् । यस्तै दुई ब्रिटिश नागरिकको पनि मृत्यु भएको छ भने १२ सय बढी मानिस घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्