×

NIC ASIA

प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर

भदौ १३, २०७८

Prabhu Bank
NTC
Premier Steels

प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले दुई जना मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । 

Muktinath Bank

अर्थमन्त्री विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहलाई अर्थ मन्त्रालयमा पठाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'मुख्यमन्त्री ज्युले आफ्नो क्षेत्राधिकारको प्रयोग गर्दै हामी दुई जना मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्नु भएको हो,' साहले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री राउतका स्वकीय सचिव जितेन्द्रप्रसाद यादवले पनि मुख्यमन्त्रीले आफ्नो तजबिजी अधिकार प्रयोग गरेर दुई जना मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेको बताएका छन् । 

Vianet communication

दुवै मन्त्रीहरू जसपाका हुन् ।

साढे ३ वर्ष देखिको मन्त्रालयभन्दा पनि जिम्मेवारी हेरफेर हुँदा 'परफर्मेन्स'मा झन् राम्रो हुने सोचका साथ् मुख्यमन्त्रीले मन्त्रालयको जिम्मेवारी मात्र हेरफेर गरेको यादवले बताए ।

'जसपाको नेतृत्वमा अहिलेको सरकार रहेको भए पनि ५ दलीय गठबन्धनको आवश्यकताअनुसार सरकारमा मन्त्रीहरूको जिम्मेवारी हेरफेर भएको हो,' मुख्यमन्त्री राउतका स्वकीय सचिव यादवले भने,'यदि भोलिको दिनमा गठबन्धनलाई आवश्यकता पर्यो भने जसपाकै कुनै मन्त्रीलाई हटाउन समेत सकिन्छ ।'

अर्थ मन्त्रीबाट जिम्मेवारी हेरफेर भएका मन्त्री यादव पछिल्लो केही समयदेखि मुख्यमन्त्री राउतलाई हटाएर आफैं मुख्यमन्त्री बन्नु पर्ने कुराका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसमक्ष लबिङ गर्दै आएका थिए ।

२ नम्बर प्रदेश कमिटीको अध्यक्ष समेत रहेका यादवलाई मुख्यमन्त्री राउतले महत्त्वपूर्ण मानिएको अर्थमन्त्रीबाट हटाएपछि जसपाभित्रको आन्तरिक समीकरणमा समेत समस्या हुने जसपाका एक सांसदले बताए । 

मन्त्री विजय यादवसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । तर उनी निकट एक नेताका अनुसार मुख्यमन्त्री राउतले गरेको जिम्मेवारी हेरफेरबाट यादव असन्तुष्ट बनेका छन् । 

जसपा अध्यक्ष उपेन्द्र यादवकै सहमतिमा राउतले जिम्मेवारी हेरफेर गरेको हुनाले तत्काल उक्त मन्त्रालयको जिम्मेवारी स्वीकार गर्नै पर्ने बाध्यतामा यादव रहेको ती नेताले बताए । 

नेकपा (एकीकृत समाजवादी) लाई समेत सरकारमा भित्र्याउनका लागि मुख्यमन्त्री राउतले दुई वटा मन्त्रालय खाली राखेका छन् । मुख्यमन्त्री राउत निकट एक सांसदका अनुसार कुल ११ वटा मन्त्रलाय रहेकोमा वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय गरी दुई वटा मन्त्रालय खाली राखिएको हो । 

यस अघि साविकको राजपा र सपा मिलेर त्यहाँ सरकार बन्दा कुल ७ वटा मन्त्रालय मात्र थिए । सपाको मुख्यमन्त्री हुँदा सपा र राजपाले समान तीन-तीन वटा मन्त्रालय पाएका थिए । तर पछिल्लो समय पाँच दलीय गठबन्धनको सरकार बनाउनका लागि नेपाली कांग्रेसलाई तीनवटा मन्त्रालय र नेकपा माओवादी केन्द्रलाई १ मन्त्रालय र १ राज्यमन्त्री दिइएको छ । 

७ मन्त्रालयलाई विभाजन गरेर ११ वटा मन्त्रालय बनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x