०८ असार २०८३, सोमबार

आफ्नो नाममा बन्ने फिल्म खेल्न राजेश हमालद्वारा अस्वीकार

भदौ १४, २०७८
आफ्नो नाममा बन्ने फिल्म खेल्न राजेश हमालद्वारा अस्वीकार

 अभिनेतना राजेश हमालले आफ्नै नाममा निर्माण हुँदै गरेको चलचित्र ‘म राजेश हमाल’मा काम नगर्ने भएका छन् । यो चलचित्रमा सुरुमा अभिनेता हमाललाई मुख्य भूमिकामा प्रस्ताव गरिएको थियो । त्यो भूमिकालाई अभिनेता हमालले स्वीकार गरेनन् । उनलाई फेरि यो चलचित्रमा अतिथि भूमिकामा प्रस्ताव गरियो । त्यो भूमिकालाई पनि अभिनेता हमालले अस्वीकार गरेका छन् ।

आफ्नो नाममा चलचित्र निर्माण हुनु खुसीको कुरा भएको यी अभिनेताको कथन छ । तर, आफू अर्को चलचित्रमा आबद्ध भएका कारण यो चलचित्रमा काम गर्ने समय नमिलेको उनले स्पष्ट पारेका छन् ।

अभिनेता हमालका अनुसार उनी नयाँ चलचित्र सत्यम्मा अनुबन्धित भएका छन् । यो चलचित्रको छायांकन चाँडै हुँदै छ । सो चलचित्रमा आफू मुख्य भूमिकामा रहने भएकाले पनि आफू अतिथि भूमिकामा जोडिन नचाहेको पनि यी अभिनेताले स्पष्ट पारेका छन् । यो चलचित्रको नाम म राजेश हमाल भए पनि चलचित्र अभिनेता राजेश हमालको जीवनीमा आधारित नरहेको निर्माण पक्षले स्पष्ट पारेको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्