३१ असार २०८३, बुधबार

प्रदेश १ मा असोज पहिलो साता गठबन्धनको सरकार : राजेन्द्र राई

प्रदेश १ मा असोज पहिलो साता गठबन्धनको सरकार : राजेन्द्र राई

नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू बुधवार मात्रै प्रदेश निर्वाचन आयोगमा जाने भएका छन् । 

मगलवार जाने तयारी गरे पनि झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा रथ तान्ने छुट्टी प्रदेश सरकारले दिएपछि उनीहरू बुधवार मात्रै आयोगमा जान लागेका हुन् । 

आयोगमा जानु भन्दा अगाडि रणनीति तयार गर्न भन्दै चार–पाँच दिनदेखि नेकपा (एस) तिर खुलेका सांसदहरू होटलमा बसिरहेका छन् । विराटनगरको एक होटलमा उनीहरू बसिरहेका छन् । 

त्यही होटलमा केन्द्रीय सदस्य महेश रेग्मी, घनेन्द्र बस्नेत, राजेन्द्र राईलगायतका नेताहरूले सांसदहरूलाई विभिन्न आश्वासन दिइरहेका छन् । 

प्रदेश १ सरकार परिवर्तनका लागि विपक्षी गठबन्धनको छलफलसमेत त्यही होटलमा हुने गरेका छन् । 

मुख्यमन्त्रीको चर्चामा रहेका राजेन्द्र राई पनि होटलमा बस्ने गरेका छन् । आफ्ना पक्षमा सांसदलाई तान्नका लागि उनले कुनै कसरत बाँकी राखेका छैनन् । 

राई होटलबाटै सांसदहरूलाई फोन गर्नेदेखि माधव नेपालसम्मलाई गफ गराउनसमेत उनी सक्रिय छन् । 

भीम आचार्य नेतृत्वको सरकार ढाल्नका लागि राई पर्दा अगाडि देखिएका छन् । तपाईंको नेतृत्वमा सरकार कहिले बन्छ भन्ने लोकान्तरको प्रश्नमा राईले भने, ‘मेरै नेतृत्व भन्ने छैन केन्द्रमा भएको गठबन्धनले निर्णय गर्ने हो । सम्भवतः प्रदेश १ हाम्रै पार्टीको भागमा पर्छ होला ।’  

जसको नेतृत्वमा सरकार बने पनि असोजको पहिलो हप्तामा मुख्यमन्त्री कार्यालयमा गठबन्धन नेतृत्वको मुख्यमन्त्रीको नाम लेखिसकिएको हुने उनको दाबी छ । उनले अहिलेको सरकार अल्पमतमा परिसकेको समेत बताए । 

salt training

कमेन्ट गर्नुहोस्