२८ जेठ २०८३, बिहीबार

प्रदीप नेपालले छाडे माधव नेपालको साथ, जबजमा असन्तुष्टि

प्रदीप नेपालले छाडे माधव नेपालको साथ, जबजमा असन्तुष्टि

नेकपा (एकीकृत समाजवादी)बाट प्रदीप नेपाल बाहिरिएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै माधव नेपालबाट धोका पाएकाले साथ छोडेको बताएका छन् । 

माधव नेपालले जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको सिद्धान्तको रूपमा नराखेकाले आफ्नो असहमति रहेको उल्लेख गरेका छन् । 

आफू केपी ओलीसँग नरहने र माधव नेपालसँग पनि रहन नसक्ने अवस्था आएको उनले उल्लेख गरेका छन् । माधव नेपालले पनि झेली कुरा गर्न सिकेको आरोप प्रदीप नेपालले लगाएका छन् । 

‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ,’ फेसबुकमा उनले लेखेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर, आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा ।’

salt training

कमेन्ट गर्नुहोस्