
पछिल्लो २४ घन्टामा २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २३३ नमूना परीक्षणमध्ये एक हजार ९०२ पीसीआर र ३९३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ४४ हजार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ७३० पुगेको छ ।
मन्त्रालयका अनुसार थप एक हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ ।
हाल मुलुकभर ३५ हजार ८७४ सक्रिय संक्रमित छन् ।