३० जेठ २०८३, शनिबार

अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोज ८ देखि १० सम्म हुने

अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोज ८ देखि १० सम्म हुने
फाइल तस्वीर।

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ । 

केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिताका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औं राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ असोज ८ देखि १० गतेसम्म सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । 

यसका लागि विभिन्न १० उपसमितिसमेत गठन गरिएको छ । मूल व्यवस्थापन तथा प्रतिवेदन लेखन उपसमिति संयोजक रन्जित तामाङ, प्रचार तथा प्रसार उपसमिति उपाध्यक्ष बस्नेत, आर्थिक उपसमिति पञ्चा सिंह, अतिथि व्यवस्थापन उपसमिति दीपक देवकोटा, प्रतिनिधि चयन तथा अभिलेखीकरण उपसमिति तिलकराज भण्डारी, मेस व्यवस्थापन उपसमिति विजय गौतम, विधान संशोधन उपसमिति उत्तम अधिकारी, स्वास्थ्य उपसमिति दीपेश पुन, स्वयंसेवक उपसमिति इन्द्र भुसाल र प्राविधिक उपसमिति रविकिरण यादव छन् । 

सम्मेलन भौतिक उपस्थितिमा गर्ने निर्णय गरिएको छ । 

उद्घाटन सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठान र बन्दसत्र कीर्तिपुरस्थित  त्रिवि केन्द्रीय क्याम्पस हुने भएको बस्नेतले जानकारी दिए । सङ्क्रमण बढ्दै गए भने सम्मेलन भर्चुअलबाट गर्ने निर्णय क्रान्तिकारीले गरेको छ । 

कोरोना भाइरसका कारणले सम्मेलनमा उपस्थित हुने प्रतिनिधिको सङ्ख्या घटाएर ७९९ पु¥याइएको छ । यसअघि दुई हजार दुई सय २२ जना प्रतिनिधि थिए । 

प्रदेश समिति थप कार्यकारी बनाउने र केन्द्रीय समितिको सङ्ख्या घटाउन उनले जानकारी दिए । अहिले क्रान्तिकारीको २४३ जनाको केन्द्रीय समिति छ । 

सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । कार्यसमितिको दुई वर्षे कार्यकाल रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्