२६ जेठ २०८३, मंगलबार

विवेकशील साझा पार्टीमा फुटको अभ्यास, अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै बैठक

विवेकशील साझा पार्टीमा फुटको अभ्यास, अध्यक्ष र संयोजकले बोलाए छुट्टाछुट्टै बैठक

विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले डेढ घण्टाको फरकमा केन्द्रीय समितिको समानान्तर बैठक बोलाएका छन् ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी ढंगले बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डेले पनि डेढ घण्टाअघि केन्द्रीय समितिको बैठक बोलाएका हुन् । 

मंगलवार मिश्रले बिहीवार दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएका थिए । पाण्डेले भने सोही दिन बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

मिश्रले संघीयता खारेज हुनुपर्ने र धर्मनिरपेक्षताको बारेमा जनमत संग्रह गर्नुपर्ने प्रस्तावसहितको दस्तावेज सार्वजनिक गरेपछि विवेकशील साझा पार्टी आन्तरिक विवादमा रूमल्लिएको छ ।

उक्त पार्टीको पाण्डे समूहले मिश्रलाई दस्तावेज फिर्ता लिन दबाब दिएका छन् भने मिश्र भने पार्टी फुटे पनि आफूले सार्वजनिक गरेको दस्तावेज फिर्ता नलिने बताउँदै आएका छन् । 

अध्यक्ष र संयोजकले छु्ट्टाछुट्टै बैठक बोलाएपछि केन्द्रीय सदस्यहरूलाई कुनै एक पक्षमा खुल्न बाध्यता परेको छ । 

आन्तरिक विवादका कारण विवेकशील साझा पार्टी पनि फुटको नजिक पुगेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्