३१ असार २०८३, बुधबार

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

लुम्बिनी प्रदेश सभाका नेकपा एमाले सांसद रमा घर्तीले एकीकृत समाजवादी पार्टी रोजेकी छन् ।

उनले मंगलवार निर्वाचन आयोगको कार्यालय दाङ पुगेर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् । यससँगै लुम्बिनी प्रदेश सभामा दलको संख्या ६ पुगेको छ । उनी पाल्पाकी सांसद हुन् ।

यससँगै लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । 

जिल्ला निर्वाचन कार्यालय दाङ प्रमुख निमराज भट्टराईले १ जना माननीयले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी दिए ।

एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाएपछि एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ ।

नेकपा एमाले विभाजन भएपछि सांसद तान्ने कसरत जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्