२९ असार २०८३, सोमबार

पूर्व प्रधानमन्त्री भट्टराईसँग मुख्यमन्त्री नेपालीको भेटवार्ता

भदौ १५, २०७८
पूर्व प्रधानमन्त्री भट्टराईसँग मुख्यमन्त्री नेपालीको भेटवार्ता

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच मंगलवार भेट भएको छ । 

मुख्यमन्त्री निवासमा भएको भेटमा उनीहरूबीच प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगति लगायतका विषयमा छलफल भएको थियो । 

भेटघाटमा मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि र कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्था रहेको भन्दै उनले बाँकी रकमबाट बजेट बनाउँदा कतिपय सालबसाली योजना छुटेको जानकारी दिए ।

प्रदेशको क्षमताअनुसारका योजना अगाडि बढाउनका लागि काम शुरू भइसकेको र केही ठूला योजनाका लागि संघ सरकारबाट थप रकमको अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले बताए । बाढीपहिरोका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काम भइरहेको र ठूला संरचनामा पुगेको क्षति पुनःनिर्माणका लागि संघ सरकारको भर परेको उनको भनाइ थियो ।

पूर्व प्रधानमन्त्री भट्टराईले गठबन्धलाई अझै दरिलो कसरी बनाउने भन्नेबारेमा आफूहरूले निरन्तर छलफल गरिरहेको बताए । यो सरकारलाई असफल हुने छुट नरहेको भन्दै उनले स–साना मतभेदलाई भित्रै मिलाएर लैजान सुझाव दिए । नागरिकका अपेक्षा अत्यधिक रहेको अवस्थामा प्राथमिकता निर्धारण गरेर जान उनले आग्रह गरे ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईका साथमा पार्टीका गण्डकी प्रदेश संयोजक मोती रिजाल तथा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्