
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
नियमित एजेण्डामा छदफलका लागि भने पनि आजको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम र प्रदेश–१ को प्रदेश प्रमुख फेर्ने विषययमा छलफल हुन सक्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।