२१ जेठ २०८३, बिहीबार
एमाले विभाजनको असर प्रदेशमा

प्रदेश १ मा १० सांसदले रोजे माधव नेपालको साथ, मुख्यमन्त्री आचार्य एक हप्तामै अल्पमतमा

भदौ १६, २०७८
प्रदेश १ मा १० सांसदले रोजे माधव नेपालको साथ, मुख्यमन्त्री आचार्य एक हप्तामै अल्पमतमा

प्रदेश १ मा नेकपा एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । सनाखत गर्न उनीहरू प्रदेश निर्वाचन आयोगको कार्यालय विराटनगर पुगेका हुन् । 

नेकपा (एस) रोज्नेमा राजेन्द्र राई, राजन राई, पदमकुमारी गुरुङ,  सरिता थापा, सुनिता चौधरी,गणेश काङवाङ, खिनु लङ्वा लिम्बु, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई  र सावित्री रेग्मी रहेका छन् । 

८ सांसद आयोगको कार्यालय पुगेका छन् भने उपेन्द्र घिमिरे र कृष्णकुमारी राई आउँदै गरेको नेता राजेन्द्र राईले जानकारी दिए । 

प्रदेश सभामा एमालेका ५१ सांसद छन् । कुल ९३ सांसद रहेको प्रदेश सभामा एमालेका १० सांसदले नेकपा (एस) रोजेसँगै मुख्यमन्त्री भीम आचार्य स्पष्ट अल्पमतमा परेका छन् । 

भदाै ९ गते मुख्यमन्त्री बनेका आचार्य एक हप्तामै अल्पमतमा परेका हुन् । 

यसअघि मंगलवार बागमती प्रदेशका १२ सांसदले माधव नेपालको साथ रोजेका थिए ।

यस्तै सुदूरपश्चिम प्रदेशका १० सांसदले नेकपा एकीकृत समाजवादीमा लाग्ने भन्दै निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्