२२ असार २०८३, सोमबार

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बने रोनाल्डो

भदौ १७, २०७८
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बने रोनाल्डो

पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। 

बिहीवार बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन्।

यसअघि इरानका अलि दाइको १०९ गोलको कीर्तिमानीलाई उछिन्दै रोनाल्डोले १११ गोल गर्न सफल भएका छन्। 

आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगललाई रोनाल्डोले खेलको अन्तिम समयमा गरेको दुई गोलले जीत दिलाउन सफल भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्