०९ असार २०८३, मंगलबार

कांग्रेस संसदीय दलको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

कांग्रेस संसदीय दलको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको रणनीति बनाउन नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलवार बस्दैछ । 

दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद प्रकाश पन्थले जानकारी दिए । 

भोलिदेखि शुरू हुने संघीय संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय लिन बैठक बोलाइएको उनले जानकारी दिए । कांग्रेस स्रोतका अनुसार मंगलवारको संसदीय बैठकमा एमसीसी अनुमोदनबारे समेत छलफल हुनेछ । 

एमसीसी अनुमोदनबारे अहिलेसम्म संसदीय दलबाट औपचारिक निर्णय गरेको छैन । मंगलवारको बैठकमा संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तयारी छ ।

संसद्को यही अधिवेशनबाट सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नामक अमेरिकी आर्थिक सहयोग कार्यक्रम अनुमोदन गराउने तयारी गरेको छ । संसद्को अधिवेशन बुधवार अपरान्ह ४ बजे शुरू हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्