२० असार २०८३, शनिबार

इजरायलको जेलबाट फिल्मी शैलीमा भागे प्यालेस्टाइनी कैदी (भिडियो)

भदौ २२, २०७८
इजरायलको जेलबाट फिल्मी शैलीमा भागे प्यालेस्टाइनी कैदी (भिडियो)

इजरायलको सबभन्दा सुरक्षित मानिएको एक कारागारबाट ६ जना प्यालेस्टाइनी कैदीहरू भागेका छन् । 

सोमवार राति भागेका यी कैदीहरूलाई समात्नका लागि इजरायली अधिकारीहरूले व्यापक स्तरमा खोजी अभियान चलाएको छ । 

कैदीहरूले गिल्बाआ जेलमा विगत कैयौं महिनादेखि सुरुङ खनिरहेका थिए । त्यो सुरुङ जेलबाहिरको सडकसम्म बनेको थियो । 

हलिउड फिल्म द शश्यांक रिडेम्सनसँग यस घटनाको तुलना गरिएको छ । 

कैदी भागेको खबर सुनेपछि प्यालेस्टाइनीहरूले सडकमा निस्केर खुशियाली मनाएका थिए । 

किसानहरूले खेतैखेत कैदीहरू भागेको देखेपछि इजरायली अधिकारीहरूले जेलब्रेकको खबर पाएका थिए । 

भागेका कैदीहरू इस्लामिक जिहादका सदस्य थिए । एकजना चाहिँ प्यालेस्टाइनी उग्रवादी संगठन अल अक्सा मार्टर्स ब्रिगेडका पूर्व नेता थिए । 

इजरायली कारागार विभागका एक अधिकारीले यो सुरक्षा र गुप्तचरीको ठूलो चुक भएको बताए । प्यालेस्टाइनी उग्रवादी गुटहरूले कैदीहरूलाई बहादुर भनेका छन् । 

कैदीहरू बाथरूमको भुइँ फुटाएर सुरुङ बनाएर जेलबाट भागेका थिए । 

सुरक्षा निकायहरूका अनुसार, प्यालेस्टाइनी कैदीहरूले जेलबाहिर मानिसहरूसँग सम्पर्क गरेर कार बोलाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्