२६ जेठ २०८३, मंगलबार

कोभिड-१९ : थप १६७७ जनामा संक्रमण, २१ जनाको मृत्यु

कोभिड-१९ : थप १६७७ जनामा संक्रमण, २१ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा एक हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३४ नमूना परीक्षणमध्ये एक हजार ४२३ पीसीआर र २५४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ५७ हजार ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ८७९ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ३१ पुगेको छ । 

हाल मुलुकभर ३० हजार ३०३ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्