२२ असार २०८३, सोमबार

आफ्ना सांसदहरूले नाराबाजी गरिरहँदा चुपचाप कुर्सीमा बसे ओ‌ली

आफ्ना सांसदहरूले नाराबाजी गरिरहँदा चुपचाप कुर्सीमा बसे ओ‌ली

१४ सांसदमाथिको कारवाहीको विषयलाई लिएर एमाले सांसदले वेलमा नाराबाजी गरिरहँदा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने चुपचाप कुर्सीमा बसेका छन् ।

पार्टीले माधव नेपालसहित १४ सांसदलाई गरेको कारवाही सभामुखले सदर नगरेको विरोधमा एमालेले वेल घेरेर नाराबाजी गरेको हो ।

प्रतिनिधि सभाको दोस्रो बैठकमा शुरूको केही समय उठेका ओली त्यसपछि आफ्नो कुर्सीमा बसेका थिए । सामान्यतया ओली आफ्नो स्वास्थ्यप्रति निकै सचेत रहने गर्छन् । 

एमाले विभाजनअघि पार्टीले माधव नेपालसहितका १४ सांसदलाई कारवाही गरेको पत्र संसद् सचिवालयमा पठाएको थियो ।

सभामुखले सूचना प्रकाशित नगरिदिँदा ती सांसदहरू पदमुक्त हुनबाट जोगिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्