२६ जेठ २०८३, मंगलबार

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ


बिहीबार नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यमा संलग्न ६२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।  
पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपा र नेकपा मालेका नेता कार्यककर्ताको संख्या धेरै रहेको छ । यस्तै पक्राउ पर्ने अन्यमा एमसीसीको विरोधमा रहेका अन्य साना संग संगठनका कार्यकर्ता पनि रहेका छन् । उनीहरुले एमसीसी उपाध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै कालो ब्यानर र कालोझण्डा समेत देखाउने प्रयास गरेका थिए ।

सवैभन्दा ठुलो संख्यामा नेपाल कम्युनिष्ट पार्टी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता  रमेश बस्नेतले बिहीबार ६२ जनालाई पक्राउ गरिएको जानकारी दिँदै साँझ रिहा गरिएको बताए ।

सुमारले आज प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरुलाई भेट्दै छिन् । आज पनि एमसीसीविरोधीहरु सक्रिय हुन सक्ने भएकाले प्रहरी सर्तक रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्