२२ असार २०८३, सोमबार

ताइवान हात पार्न चीनले लेचोमा लाइभ फायर अभ्यास गर्दै

भदौ २५, २०७८
ताइवान हात पार्न चीनले लेचोमा लाइभ फायर अभ्यास गर्दै

चीनले ताइवानलाई मुख्यभूमिको नियन्त्रणमा राख्नका लागि युद्धाभ्यास गरिरहेको छ । उता ताइवानले भने नयाँ युद्धपोत बनाइरहेको छ । 

चीनले ताइवानलाई आफ्नै भूभाग मान्दै आएको छ र बलप्रयोग गरेर भए पनि नियन्त्रणमा लिने धम्की दिँदै आएको छ । 

यो वर्ष बेइजिङले टापु कब्जा गर्न सक्ने आफ्नो क्षमताको परीक्षणका लागि जलसैन्य अभ्यास गरिरहेको छ । 

यसैबीच चीनको मेरिटाइम एडमिनिस्ट्रेसनले लेचो प्रायद्वीपभन्दा पश्चिमको क्षेत्रमा बिहीवार र शुक्रवार आवागमन बन्द गरिएको घोषणा गरेको छ । लाइभ फायर अभ्यासका कारण त्यसो गरिएको उसको भनाइ छ । 

आइतवार चीनले ताइवानको हवाईक्षेत्रमा १९ वटा आणविक बमवर्षक विमान र लडाकू विमान उडाएको थियो । 

यो वर्षको आरम्भमा चीनले ताइवानमा आक्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो र आक्रमण गर्ने रणनीतिको तीन चरणको योजनाको झलक समेत दिएको थियो । 

चीनले ताइवानमा आक्रमण गरेमा अमेरिका पनि युद्धमा होमिन आउन सक्ने सम्भावना हुन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्