१९ असार २०८३, शुक्रबार

बजेटसम्बन्धी तीन विधेयक पेश हुँदै

बजेटसम्बन्धी तीन विधेयक पेश हुँदै

प्रतिनिधि सभामा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्नको लागि तीन विधेयक हुने भएका छन् । 

शुक्रवार स्वीकृत भएका बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्ने विधेयक पेश हुन लागेका हुन् । 

विधेयक अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् । 

शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमाले सांसदको नाराबाजीका बाबजुद् अर्थमन्त्री जनार्दन शर्माले तीन अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए । 

ती अध्यादेश स्वीकृत भएका छन् । अध्यादेश संसदको सम्पत्ति बनेसँगै सरकारले प्रतिस्थापन विधेयक ल्याउन लागेको हो । 

पूर्ववर्ती सरकारले ल्याएको बजेटमा केही संशोधन गर्न अध्यादेश ल्याउनु परेको सरकारले जनाएको छ । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते अध्यादेशमार्फत बजेट ल्याएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्