०२ साउन २०८३, शनिबार

१६ खर्ब ४७ अर्बको संशोधित बजेट संसदमा पेश (पूर्णपाठसहित)

१६ खर्ब ४७ अर्बको संशोधित बजेट संसदमा पेश (पूर्णपाठसहित)

सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको संशोधन बजेट संसदमा पेश गरेको छ । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गरेका हुन् । 

पूर्ववर्ती सरकारले जेठ १५ गते ल्याएको बजेटमा १५ अर्ब रूपैयाँ घटाएर सरकारले संशोधित बजेट ल्याएको हो । यसअघि अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका थिए । 

नेकपा एमाले सांसदको नाराबाजीका बीच अर्थमन्त्री शर्माले संसदमा बजेटको प्रतिस्थापन विधेयक पेश गरेका हुन् । अर्थमन्त्री पौडेलले पुरक बजेटको कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने दाबी गरे । 

यसअघि शुक्रवार नै बसेको प्रतिनिधि सभा बैठकमा एमालेको नाराबाजीका बीच अर्थमन्त्रीले अध्यादेश संसदमा पेश गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्