२१ जेठ २०८३, बिहीबार

यी ७ तरिकाले बढाउनुस् आफ्नो गाडीको माइलेज

भदौ २७, २०७८
यी ७ तरिकाले बढाउनुस् आफ्नो गाडीको माइलेज

पछिल्लो समय पेट्रोल तथा डिजेलको मूल्य लगातार बढिरहेको छ ।

यस अवस्थामा अधिक माइलेज दिने गाडीमा मानिसहरूको ध्यान गएको छ ।

आफूले नै केही तरिका अपनाएर बाइक वा कारको माइलेज बढाउन सकिन्छ । यहाँ माइलेज बढाउने केही तरिका दिइएको छ ।

१. नियमित मर्मत 
आफ्नो बाइक वा कारलाई नियमित रुपमा मर्मत वा सर्भिस गरिरहनुपर्छ । यसले माइलेज बढाउन सहयोग मिल्छ ।

गाडीमा विभिन्न किसिमका लुब्रिकेशन आवश्यक हुन्छ । इन्जिन तथा गियरबक्समा पनि लुब्रिकेशन प्रयोग गरिरहनुपर्छ । 

सर्भिस ओइल चेन्ज, कूलेट ओल को लेवल, चेन लुब्रिकेशनमा विशेष ध्यान दिनुपर्छ ।

२. टायर प्रेसर
टायरमा ठीक मात्रामा प्रेसर हुनुपर्छ । त्यसकारण पनि चालकले टायरको उचित प्रेसरमा ध्यान दिइरहनुपर्छ । 

टायरमा धेरै प्रेसर पनि दिनुहुँदैन ।

अधिक लोड बोक्नुपर्ने अवस्थामा कम्पनीले नै दिएको सुझावअनुसार टायरमा प्रेसर दिनुपर्छ । त्यो सुझाव कम्पनीले तपाईंलाई दिएको हातेपुस्तकमा पनि लेखिएको हुन्छ ।

३. इन्जिन बन्द
गाडी जाममा वा यसै पनि इन्जिन बन्द गर्न भुल्नुहुँदैन ।
ट्राफिक जाममा पनि १० सेकेन्डभन्दा लामो जाम छ भने इन्जिन बन्द गर्नुपर्छ ।

४. क्लचको प्रयोग
बाइक वा गाडीमा क्लचको प्रयोग सकभर कम गर्नुपर्छ ।
क्लचको बढी प्रयोग गरेमा फ्युलको अधिक खर्च हुन्छ ।
क्लच अनावश्यक चलाउँदा क्लच प्लेटमा समेत समस्या आउँछ । 

५. उचित गेयरको प्रयोग
गाडी चलाइरहेको समयमा लोअर गियरको प्रयोग गर्नुपर्छ र विस्तारै विस्तारै बढाउनुपर्छ । यसो गर्दा इन्जिनलाई दवाव पर्दैन । 
गाडीको इन्जिनअनुसार गियरको प्रयोग गर्नुपर्छ ।

६. ट्राफिकको जानकारी
गाडी चलाउने समयमा ट्राफिकको पूरा जानकारी राख्नुपर्छ । 
यसले यो थाहा हुन्छ कि कहाँ कति जाम छ ? 
यस जानकारी अनुसार आफूलाई पाइक पर्ने रुटबाट जान सकिन्छ जसले गर्दा फ्यूल समेत बच्छ ।

७. फ्युल भर्ने समय
गाडीमा फ्यूल बिहान वा रातमा भर्नु उपयुक्त हुन्छ । 
फ्यूल तातो भएमा फैलन्छ भने चिसो भएमा गाढा हुन्छ । 
बिहान र रातमा तातो कम हुन्छ । 
दिउँसो तेल भर्नुको साटो बिहान वा राति भर्नु राम्रो हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्