
‘पढेर जागिर खाने दिन त गयो, रहर नि बुढेसकालको’ यसै वर्ष कक्षा ११ मा भर्ना भएकी कोटेश्वर निवासी ७७ वर्षीया रत्नकुमारी सुनुवारले निकै जोशका साथ भनिन् । उत्प्रेरणा महिला माविबाट गत वर्ष एसईई पूरा गरेर उनी काठमाडौँको बानेश्वर बहुमुखी क्याम्पसको विद्यार्थी बनेको खबर गोरखापत्रमा छापिएको छ ।
पुख्र्योली घर दोलखा भएकी उनले सानैमा पढ्न पाइनन् । चार सन्तान हुर्किएपछि २०५४ सालमा कखरा सिक्न थालेको बताउँदै उनले शरीरले साथ दिइसम्म पढिरने बताइन् ।