२३ जेठ २०८३, शनिबार

अंग्रेजी नयाँ बर्षको सट्टा नेपाली टोपी दिवस मनाउँदै युवाहरू

कात्तिक २०, २०७४
अंग्रेजी नयाँ बर्षको सट्टा नेपाली टोपी दिवस मनाउँदै युवाहरू
काठमाडौं, १५ पुस– अंग्रेजी नयाँ बर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउदै आएको जागरुक युवा अभियान नेपालले यस बर्ष पनि टोपी दिवस मनाउने भएको छ ।

नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्नुपर्ने माग गर्दै आयोजकले विगत तीन बर्षदेखि जनवरी १ का दिन राष्ट्रिय टोपी दिवस मनाउँदै आएको छ ।

विगतमा दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा लिइएपनि पछिल्लो समय युवाहरुले यसलाई विर्सिदै गएको कारण राष्ट्रिय मौलिक पोशाकको जगेर्ना स्वरुप पनि टोपी दिवस मनाउन लागेको जागरुक युवा अभियान नेपालका संयोजनक धनश्याम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने ‘नेपालमा सामुदायीक पहिचानको कुरा जोडतोडका साथ उठ्ने गरे पनि राष्ट्रिय पहिचान नै संकटमा पर्न थालेको छ । त्यसैले नेपालको सबै प्रदेशलाई ईंगित हुने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने हाम्रो माग छ ।’

यस बर्ष 'हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान' भन्ने नाराका साथ चौथों अन्तर्राष्टिय नेपाली टोपी दिवस मनाइदैछ । यस बर्षको कार्यक्रम अन्तर्गत आगामी आइतवार (१ जनवरी) का दिन राजधानीको माइतीघर मण्डलामा विहान ७ बजे भेला भएर प्रभातफेरी कार्यक्रम आयोजना हुँदैछ ।

प्रवासमा रहेका नेपालीहरुले पनि विविध कार्यक्रम आयोजना गर्दै टोपी दिवस मनाउन लागेको संयोजक श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्