
नेकपा (एकीकृत समाजवादी)को सोमवार तेह्रथुम जिल्ला कमिटी गठन गरिएको छ ।
तेह्रथुमको म्याङलुङमा सम्पन्न कार्यकर्ता भेलाले कृष्ण चोङबाङको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा बादल सुब्बा, सचिवमा गजेन्द्र कन्दङ्वा, सह–सचिवमा योगेन्द्र गड्तौला चयन भएका छन् ।
यस्तै भेलाले अनुभूति बम नेपालीलाई केन्द्रीय सदस्यमा र गंगाराम खनाललाई केन्द्रीय सल्लाहकार सदस्यका लागि सिफारिस गरेको छ ।
यस्तै विष्णुविक्रम सुब्बा, भूपतिलाल श्रेष्ठ, राजेन्द्र बराल र कमला दर्नाललाई प्रदेश सदस्यमा र नैनसिङ सुवेदी, टीका खड्कालगायतलाई प्रदेश सल्लाहकारका लागि सिफारिस गरेको नवगठित समिति अध्यक्ष चोङबाङले बताए ।