×

NMB BANK
NIC ASIA

हत्याका दोषीलाई मुख्यमन्त्रीको स्वकीय सचिव बनाएपछि पीडित परिवारमा त्रास

भदौ २९, २०७८

NTC
Premier Steels

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले आफ्नो स्वकीय सचिव सुजीत विकलाई बनाएपछि चौतर्फी आलोचना भएको छ ।

Muktinath Bank

२०६५ सालमा तत्कालीन वाईसीएल रूपन्देहीका अध्यक्ष विकले बुटवलमा युवासंघका नेता प्रचण्ड थैबलाई गोली हानी हत्या गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले अन्य व्यक्ति नपाएजस्तै सजाय भोगेर आउनेबित्तिकै नियुक्त गर्नु पीडित परिवारमाथि पीडा थपेजस्तै भएको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

विक १० वर्ष जेल सजाय पूरा गरी बाहिर आएका हुन् । थैब परिवारले प्रदेश सरकारले विकलाई स्वकीय सचिव बनाएर आपूmहरूको घाउमा नूनचुक लगाएको बताएका छन् । प्रचण्ड थैबकी आमा सुकन्या थैबले आफूहरूको आँसुले प्रदेश सरकारलाई पोल्ने बताइन् । 

Vianet communication

उनले भनिन्, ‘सरकारले विकलाई स्वकीय सचिवबाट हटाउनुपर्छ । छोरा मारिएको १३ वर्षसम्म जसोतसो कटाएका थियौं । फेरि पनि १३ वर्षपछि अपराधमा संलग्नलाई यही बुटवलमा आएर मुख्यमन्त्रीले स्वकीय सचिवमा नियुक्त गरें । हामीलाइ झन् डर भो ।’

वास्तविक नाम खरिन्द्र विक भए पनि उनी सुजीतको नामले चिनिन्छन् । २०५६ चैत १३ गते साँझ सुजीतले गोली प्रहार गरेर गम्भीर घाइते थैंबको उपचारको क्रममा मृत्यु भएको थियो । २०६७ सालमा काठमाडौंबाट सुजीत पक्राउ परेका थिए । 

प्रचण्ड थैबकी दिदी सुष्मा श्रेष्ठले सरकारले विकलाई स्वकीय सचिव नियुक्त गर्नु लाजमर्दो काम भएको बताइन् । प्रचण्डका छोरा रागव थैबले सुजीतलाई सरकारले नियुक्त गर्नु अपराधीलाई संरक्षण गरेजस्तै भएको बताए । 

विककी पत्नी दीपा विक माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य छिन् । उनी लुम्बिनी सरकार अदलबदलमा शंकर पोखरेलतिर लाग्ने संकेत केसीसहित माओवादी नेताहरूले पाएपछि नयाँ सरकार बनेपछि सुजीतलाई कुनै क्षेत्रमा स्थापित गर्ने प्रतिवद्धता जनाइएको थियो । दीपाको चाहना पूरा गर्न सुजीतलाई नियुक्त गर्नुपरेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x