१९ असार २०८३, शुक्रबार

हत्याका दोषीलाई मुख्यमन्त्रीको स्वकीय सचिव बनाएपछि पीडित परिवारमा त्रास

हत्याका दोषीलाई मुख्यमन्त्रीको स्वकीय सचिव बनाएपछि पीडित परिवारमा त्रास

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले आफ्नो स्वकीय सचिव सुजीत विकलाई बनाएपछि चौतर्फी आलोचना भएको छ ।

२०६५ सालमा तत्कालीन वाईसीएल रूपन्देहीका अध्यक्ष विकले बुटवलमा युवासंघका नेता प्रचण्ड थैबलाई गोली हानी हत्या गरेका थिए ।

सरकारले अन्य व्यक्ति नपाएजस्तै सजाय भोगेर आउनेबित्तिकै नियुक्त गर्नु पीडित परिवारमाथि पीडा थपेजस्तै भएको बताइएको छ ।

विक १० वर्ष जेल सजाय पूरा गरी बाहिर आएका हुन् । थैब परिवारले प्रदेश सरकारले विकलाई स्वकीय सचिव बनाएर आपूmहरूको घाउमा नूनचुक लगाएको बताएका छन् । प्रचण्ड थैबकी आमा सुकन्या थैबले आफूहरूको आँसुले प्रदेश सरकारलाई पोल्ने बताइन् । 

उनले भनिन्, ‘सरकारले विकलाई स्वकीय सचिवबाट हटाउनुपर्छ । छोरा मारिएको १३ वर्षसम्म जसोतसो कटाएका थियौं । फेरि पनि १३ वर्षपछि अपराधमा संलग्नलाई यही बुटवलमा आएर मुख्यमन्त्रीले स्वकीय सचिवमा नियुक्त गरें । हामीलाइ झन् डर भो ।’

वास्तविक नाम खरिन्द्र विक भए पनि उनी सुजीतको नामले चिनिन्छन् । २०५६ चैत १३ गते साँझ सुजीतले गोली प्रहार गरेर गम्भीर घाइते थैंबको उपचारको क्रममा मृत्यु भएको थियो । २०६७ सालमा काठमाडौंबाट सुजीत पक्राउ परेका थिए । 

प्रचण्ड थैबकी दिदी सुष्मा श्रेष्ठले सरकारले विकलाई स्वकीय सचिव नियुक्त गर्नु लाजमर्दो काम भएको बताइन् । प्रचण्डका छोरा रागव थैबले सुजीतलाई सरकारले नियुक्त गर्नु अपराधीलाई संरक्षण गरेजस्तै भएको बताए । 

विककी पत्नी दीपा विक माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य छिन् । उनी लुम्बिनी सरकार अदलबदलमा शंकर पोखरेलतिर लाग्ने संकेत केसीसहित माओवादी नेताहरूले पाएपछि नयाँ सरकार बनेपछि सुजीतलाई कुनै क्षेत्रमा स्थापित गर्ने प्रतिवद्धता जनाइएको थियो । दीपाको चाहना पूरा गर्न सुजीतलाई नियुक्त गर्नुपरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्