
बैंकिङ कसूर मुद्दामा सजाय पाएर फरार रहेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली गौरीगंगा–३ घर भई काठमाडौं महानगरपालिका–५, गहनापोखरी बस्ने ३२ वर्षीय जसमिन झालाई प्रहरीले पक्राउ गरेको हो ।
झालाई उच्च अदालत पाटनले २०७७ फागुन ११ गते १६ लाख रूपैयाँ जरिवाना र सात दिन कैद सजायको फैसला गरेको थियो ।
झालाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीको भनाइ छ ।