माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सांसद विमला खत्री वलीले अपहरण तथा शरीर बन्धक कसूरमा जाहेरी दिएकी छन् ।
प्रदेश सभा सदस्य वलीले पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावलले आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै प्रहरीमा निवेदन दिएकी हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले बुटवलमा सोमबार दिएको उजुरी बुधवार दाङ पठाइएको लोकान्तरलाई जानकारी दिए । निवेदन लिएर माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती र सांसद विमला वली प्रहरी कार्यालय पुगेका थिए ।
यसअघि राजनीतिक विषय भएकाले उजुरी नदिने बताउँदै आएकी वलीले घटनाको डेढ महिनापछि उजुरी दिएकी हुन् ।
कुँवरले लोकान्तरसँग भने, ‘सोमबार उहाँहरूले निवेदन लिएर आउनुभएको थियो । घटना दाङमै भएकाले उतै पठाएको छौं ।’
दाङका प्रहरी प्रमुख सुरेन्द्र काफ्लेले अझैसम्म उजुरी जिल्ला आइनपुगेको बताए ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार वलीले आफूलाई साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल दाङबाट ल्याएर बन्धक बनाएको आरोप लगाएकी छन् ।
बुटवल प्रहरीले भने, घटनास्थल दाङ भएकोले त्यहीँबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ ।
सूर्य चिह्नबाट निर्वाचित वलीले नेकपा एकता भंग भएपछि माओवादी केन्द्र रोजेकी थिइन् । वलीसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन ।
माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीले अपहरण तथा शरीर बन्धकविरुद्ध सोमवार इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी बुझाएको बताए ।
मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन पाउने कानुनी व्यवस्था छ । वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
विमला पछिल्लो केही महिनायता कहिले एमाले त कहिले माओवादी भनेर चर्चामा रहँदै आएकी छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...