०२ असार २०८३, मंगलबार

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

भदौ ३०, २०७८
पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ ।

कोभिड–१९ संक्रमणका कारण विगत ५ महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।
 
हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको याम समेत शुरू भएकाले असोज १ गतेदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको छ ।
 
कोभिडको जोखिम न्यून भए पनि पूर्णरुपमा नहटेकाले वर्तमान अवस्थामा पाथीभरा आउने तीर्थयात्रीहरुलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्डलाई पूर्णरुपले पालना गर्न अनुरोध समेत गरिएको छ ।
 
‘संक्रमणको अवस्था सामान्य हुँदै गए पनि पूर्णरुपले हटिसकेको अवस्था छैन, त्यसैले मन्दिरको दर्शन एवम् पूजाआजाका लागि आउने भक्तजनलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरूपले पालना गर्न अनुरोध समेत गरेका छौं,’ कार्यकारी निर्देशक काफ्लेले भने ।
 
ताप्लेजुङमा पछिल्लो समय संक्रमणको दर न्यून हुँदै गएको छ । संक्रमणको अवस्था सामान्य हुँदै गएपछि ४ महिनादेखिको निषेधाज्ञासमेत हटाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्