२१ जेठ २०८३, बिहीबार

राजेन्द्र महतो भन्छन्, ‘कुनै पनि हालतमा चुनाव हुन दिन्नौं’

कात्तिक २०, २०७४
राजेन्द्र महतो भन्छन्, ‘कुनै पनि हालतमा चुनाव हुन दिन्नौं’

काठमाडौं, ३ असार– राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महताले मधेसको समस्या समाधान नभईकन कुनै पनि हालतमा चुनाव हुन नसक्ने बताएका छन् ।

राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले दुई नम्बर प्रदेशमा चुनाव सारेर मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै झापादेखि कञ्चनपुरसम्मको समस्या समाधान गरिनुपर्ने आफूहरुको माग रहेको बताए ।

‘सरकारले राजापाको सहमति विनै मनपरि ढंगले दुई नम्बर प्रदेशको चुनाव सारेर बाँकी प्रदेशमा चुनाव गराउने जुन निर्णय गरेको छ त्यो राजपालाई मान्य छैन’, उनले भने, ‘के २ नम्बर प्रदेशमात्रै मधेस हो ? झापादेखि कैलालीसम्मका मधेसी भूभागको समस्या समाधान हुनु पर्दैन ? माग पूरा नगरी चुनाव गर्न खोजिनु भनेको मुलुकलाई बर्बादीतर्फ धकेलिनु हो ।’ उनले आइतबारको लागि तोकिएको चुनावी मनोनयन दर्ता कार्यलाई बिथोलिने समेत चेतावनी दिए ।

नेता महतोले शान्तिपूर्ण संवैधानिक आन्दोलनलाई सरकारले प्राथमिकतामा लिनु पर्ने पनि बताए । सरकार र तीन पार्टीले मिलेर मधेसको लािग अपराध गरेको भन्दै महतोले त्यसलाई जनताले माफी नगर्ने बताए ।

आफूहरु मधेस थरुहटमा हामी कुनै पनि निर्वाचनमा सहभागि नहुने उनको भनाइ थियो ।
आफूहरुले चुनावको विरोध गर्ने भन्दै महतोले जबरजस्ती बल प्रयोग गरेर मान्छे मारेर गराइएको चुनावले निकाश नदिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्