०३ असार २०८३, बुधबार

राजपा नेता भन्छन्ः सरकारले सहमति नगरी निर्वाचन सारेको हो

कात्तिक २०, २०७४
राजपा नेता भन्छन्ः सरकारले सहमति नगरी निर्वाचन सारेको हो
चितवन, ३ असार - राष्ट्रिय जनता पार्टीका नेताले सरकारले २ नम्बर प्रदेशको निर्वाचन सार्दा आफूहरुसँग सल्लाह नगरेको बताएका छन् ।

स्थानीय तहको जनसङ्ख्याका आधारमा पुनरावलोकन नगरेसम्म आफूहरु निर्वाचनमा नजाने उनीहरुले बताए । नवलपरासीको परासीमा आयोजना हुन लागेको सभालाई सम्बोधन गर्न आज चितवन आइपुगेका राजपाका नेताले यहाँ पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन ।

राजपाका नेता राजेन्द्र महतोले आफूहरु र सरकारसँग निर्वाचन सार्ने विषयमा कुनै किसिमको सहमति नभएको भन्दै झापादेखि कञ्चनपुरसम्म एउटै समयमा निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
सरकारले मधेस विभाजनको खेल खेलेको आरोपसमेत उहाँले लगाउनुभयो ।
संविधानमा देखिएको त्रुटिलाई समाधान नगरेसम्म मधेसमा निर्वाचन हुन नदिने उहाँले बताउनुभयो ।
अर्का नेता महन्त ठाकुरले निर्वाचन स्थगित गरेर मात्रै समस्या समाधान नहुने भन्दै अहिले दोस्रो चरणको निर्वाचनको वातावरण नबनेको बताउनुभयो । सरकारले वातावरण बनाउने काम गरोस् आफूहरु निर्वाचनमा जान तयारछौ तर अहिलेको अवस्थामा होइन उहाँको भनाई थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्