२१ जेठ २०८३, बिहीबार

चीनमा आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु

असोज ४, २०७८
चीनमा आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु
फाइल तस्वीर।

चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । 

केन्द्रीय राजधानी बेइजिङमा रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरूले सोमवार जानकारी दिएका छन् । 

घटनास्थलबाट उद्धारकर्ताहरूले पाँच जनाको शव निकालिएको जनाएका छन् । आगलागी भएको थाहा पाउनेबित्तिकै आफूहरू घटनास्थलमा पुगेको उद्धारकर्ताहरूको भनाइ छ । 

विद्युतीय साइकलमा चार्ज गर्नेक्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्